लेटेस्ट न्युज
advertisement1

पूर्वराजा शाहले गरे गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना

Maryada News 2025-03-22 15:40:35
पूर्वराजा शाहले गरे गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना

गोरखा, पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका छन् ।

गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा शाहले गोरखादरबार पुगेर आज गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी आजै कुरिनटार जाने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्