लेटेस्ट न्युज
advertisement1

माओवादी केन्द्र खारेजीकाे माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

Maryada News 2021-07-07 16:35:58
माओवादी केन्द्र खारेजीकाे माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं : नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् । माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन् ।

उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्