काठमाडौं: सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकमा संसद् सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रतिपक्षले गरिरहेको संसद् अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी थिए ।
प्रतिक्रिया