लेटेस्ट न्युज
advertisement1

बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

Maryada News 2021-03-29 14:05:58
बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

बागलुङः आफ्ना कार्यकर्ताकाे निधन भएकाे घटनाकाे निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले माग गरेकाे छ। जिल्लाको बडिगाड गाउँपालिकामा दुईको निधन हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न कांग्रेसले ध्यानार्कषण गराएकाे हाे।

बागलुङकाे बडिगाड गाउँपालिका र प्यूठानकाे निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा सामूहिक झडप हुँदा दुई जनाको निधन भएको छ भने केही युवा सम्पर्क बाहिर रहेका छन्।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ। झडपपछि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको निधन भएकाे थियाे।

मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन्। यस्तै घटनाकाे विवरण लिन, स्थानीयसँग संवाद गर्न र जीवन गुमाएकाहरूकाे परिवारजन भेट्न कांग्रेस जिल्ला सभापतिसहितकाे टाेली साेमबार घटनास्थल पुगेकाे छ। 

यस्ताे छ विज्ञप्तिः 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्