काठमाडौं: नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले जाजरकोटमा पनि संगठन विस्तार गरेको छ । आइतबार कृष्ण बिसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
सदरमुकाम खलंगामा गरिएको कार्यकर्ता भेलाबाट अध्यक्षमा बिसी, उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगाबहादुर शाही र उपसचिवमा मानबहादुर बुढा चयन भएका छन् ।
अध्यक्ष चयन भएका बिसी जाजरकोटमा एमालेका संस्थापक नेता एवं तत्कालीन जिल्ला विकास समितिका पूर्वउपसभापति हुन् । उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट तत्कालीन क्षेत्र नम्बर २ को टिकट पाएका थिए ।
यद्यपि, उनी पहिलो संविधानसभा निर्वाचनमा माओवादी र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए ।
प्रतिक्रिया