लेटेस्ट न्युज
advertisement1

डीआईजी र एसएसपी थप्ने प्रस्ताव अर्थमन्त्रालयले ग-यो अस्वीकार

Maryada News 2021-10-28 16:23:00
डीआईजी र एसएसपी थप्ने प्रस्ताव अर्थमन्त्रालयले ग-यो अस्वीकार

काठमाडौँ  : नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार गरेको छ । बुधबार सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपीको बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।

डीआईजी र एसएसपीको दरबन्दी बढाउने प्रस्तावमा सामान्य छलफल नै नगरिएकाले अर्थका अधिकारी रुष्ट बनेको बताइएको छ । प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो ।

सो प्रतिवेदनमा आठ डीआईजी र १५ एसएसपी थप्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव अर्थले सदर गरेमा मात्रै मन्त्रिपरिषद्ले पारित गर्ने व्यवस्था छ ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापाकै ब्याचीहरू एसएसपीमै अवकाश पाउने अवस्था आएकाले उनीहरूलाई डीआइजी बनाउनकै लागि संख्या बढाउने गृहकार्य गरिएको थियो । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले गएको वैशाखदेखि नै खाली रहेका एसएसपीका तीन पदमा बढुवा नगरेर डीआईजी र एसएसपीको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाएको थियो ।

प्रहरीभित्रै डीआईजीको केही संख्या थपिए पनि एसएसपीको संख्या अहिलेकै अवस्थामा थप्न आवश्यक नरहेको आवाज पनि उठ्दै आएको छ । ०७६ चैतमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरीमा प्रशासनतर्फका डीआईजीको संख्या घटाएर १४ बनाउने निर्णय गरेको थियो ।

हाल प्रहरीमा प्रशासनतर्फ १४ र प्राविधिक आठ गरी २२ डीआईजी छन् । केही महिनाभित्रै अनिवार्य अवकाशमा जाने लागेका एसएसपी हरिराज वाग्ले, पूजा सिंह, नरबहादुर खत्री, सुशील यादव, मोहन आचार्य र नलप्रसाद उपाध्यायलाई डीआईजी बनाउनका लागि दरबन्दी थप्ने प्रस्ताव गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्