लेटेस्ट न्युज
advertisement1

पुनर्स्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

Maryada News 2021-03-07 08:56:36
पुनर्स्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै

काठमाडौं : पुनर्स्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुरुआत हुन लागेको हो।  

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन्।  

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो। यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए। 

सङ्घीय संसदको वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभाको छैटौं अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो। 

राष्ट्रियसभाको सातौं अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो। नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ।

अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्