लेटेस्ट न्युज
advertisement1

गच्छदारको दाबी : बालुवाटार जग्गा प्रकरणमा मलाई अन्याय भयो

Maryada News 2021-09-22 20:52:36
गच्छदारको दाबी : बालुवाटार जग्गा प्रकरणमा मलाई अन्याय भयो

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफूलाई अन्याय भएको दाबी गरेका छन् । बुधबार (आज) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गच्छदारले यस्तो दाबी गरेका हुन् ।

गच्छदारले आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको दाबी गर्दै यसबारे सत्यतथ्य कुरा बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन् । ‘मैले कुनै भ्रष्टाचारजन्य कार्य गरेको थिइनँ,’ गच्छदारले भने, ‘मलाई अन्याय भयो ।’

उनले तत्कालीन सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको भन्दै उनले मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको विषयमा आफूलाई मात्र दोषी भनेर मुद्दा चलाउनु गलत भएको बताए । ‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त फाईल अघि बढेको हो र आफूले टिप्पणीमात्र पेश गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो,’ गच्छदारले भनेका छन् ।

आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको उनको जिकीर थियो । सबैलाई मुद्दा नचलाइएको र राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको पनि गच्छदारले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्