काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले काेरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई पत्र पठाएकी छिन्। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन्।
अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति मार्फत साे कुराकाे जानकारी दिएकाे हाे।
पत्रकाे आशयअनुसार नेपालले अमेरिकाबाट अनुदान र खरिदमार्फत खाेप ल्याउन चाहेकाे छ। अमेरिकाले पनि पत्र बुझ्दै गर्दा नेपाललाई काेभ्याक्स सुविधा र द्विपक्षीय सम्बन्धकाे आधारमार्फत खाेप दिने बताएकाे छ।
अमेरिकाले विभिन्न देशलाई ८ करोड खोप बाँड्ने बताएकाे छ। नेपालले तीमध्ये केही खोप दिन आग्रह गरेकाे हाे।
यसअघि राष्ट्रपति भण्डारीकाे आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज कोरोना भाइरसविरुद्धकाे खोप नेपाललाई दिने घोषणा गरेका थिए।
प्रतिक्रिया