काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा छिट्टै सरकार बन्ने बताएका छन् । सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् ।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको पनि बताए । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएको उल्लेख गर्दै उनले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।
“१ र ३ नम्बर प्रदेश (वाग्मती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु,” उनले भने ।
नेता नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्मा नारा लगाउनुप-यो भन्ने प्रश्न समेत गरे । उनले ‘पिलो निचोरिएर आनन्द भयो’ भन्ने मान्छेले ‘किन दिनदिनै संसद्मा कराउनुपरेको’ भनी प्रश्न गरे ।
प्रतिक्रिया