काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा छलफल भैरहेकाले तत्कालका लागि राजीनामा टरेको बताएका छन् । आफ्ना मागहरु यथावत रहेको र सकारात्मक सोचेर छलफल केही दिन अघि बढाउने उनले बताए ।
यद्यपि नेता नेपालले राजीनामा दुई चार दिनका लागि टरेको प्रतिक्रिया दिए । उनले आफूहरुका माग सम्बोधन नभए फेरि राजीनामा दिने तर्फ संकेत गरेका छन् । बिहीबार व्यवसायी रामेश्वर थापाको घरमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता सम्पन्न भएको हो ।
प्रतिक्रिया