लेटेस्ट न्युज
advertisement1

बालुवाटार जग्गा प्रकरण : दश लाख धरौटी बुझाएर छुटे गच्छदार

Maryada News 2021-07-14 18:54:05
बालुवाटार जग्गा प्रकरण :  दश लाख धरौटी बुझाएर छुटे गच्छदार

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटीमा रिहा भएका छन् । गच्छदार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

हाजिर भएलगत्तै उनको बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्