काठमाडौं : प्रधनमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे समसामयिक राजनीतिक विषयमा बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यस्तै बैठकमा कोरोना महामारीलगायत विषयमा छलफल पनि छलफल हुने थापाले बताए । पछिल्लो समय नेपाली राजनीतिमा अनेक घटनाक्रम विकसित भइरहेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको छ । भने जनता समाजवादी तथा नेकपा माओवादी केन्द्र समेत ओली सरकारविरुद्ध मोर्चाबन्दीका लागि सल्लाहमै व्यस्त छन् ।
प्रतिक्रिया