काठमाडौं : उपेन्द्र यादव पक्षका जनता समाजवादी पार्टी (जसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।
यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो । यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।
प्रतिक्रिया