लेटेस्ट न्युज
advertisement1

नेपालमा फेरि वैदेशिक हस्तक्षेप बढ्यो : प्रवक्ता श्रेष्ठ

Maryada News 2021-02-17 15:35:49
नेपालमा फेरि वैदेशिक हस्तक्षेप बढ्यो : प्रवक्ता श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव  समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा फेरि वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।  बुधबार फेसबुकमार्फत् नेता श्रेष्ठले सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने काम भएको आरोप लगाएका हुन् ।

‘देश गम्भीर संकटबाट गुज्रदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन,’ उनले लेखेका छन्, ‘पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।  सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ । '

विदेशी शक्तिहरूले कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट आफ्नो स्वार्थ पूरा गर्न सुक्ष्म व्यवस्थापनमा चासो दिएर क्रमशः हस्तक्षेप बढाइरहेको उनको भनाइ छ । उनले वैदेशिक हस्तक्षेपलाई परास्त गर्न एकजुट हुन आग्रह पनि गरेका छन् । 

https://www.facebook.com/narayankaji.shrestha.33/posts/2851169365140600


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्