काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध साेमबार सर्वोच्च अदालतमा परेका रिटहरूको आज सुनुवाइ हुँदैछ। न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा आज मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटहरूकाे सुनुवाइ हुँदै छ।
प्रधानमन्त्री ओलीकाे कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भएकाे भन्दै दायर गरिएकाे रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएकाे छ।
ओलीले जेठ २१ गते जसपाका ८ मन्त्री र २ राज्यमन्त्री र एमालेका दुई मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका थिए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद् बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए।
प्रतिक्रिया