रूपन्देही- प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन्। भेषराज भुसाल र देवबहादुर केसीलाई प्रहरीले बुटवलमा भइरहेकाे सभामा सहभागी हुने क्रममा पक्राउ गरेकाे हाे।
विप्लवसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा सभा आयाेजना गरेकाे थियाे। नेताद्वय भुसाल र केसी पक्राउ परेपछि चार दलीय मोर्चाले विरोध गर्दै अविलम्ब रिहा गर्न माग गरेको छ।
मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषिराम कट्टेलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गर्न मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपील गरेका छन्।
जारी गरिएकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ- 'शान्तिपूर्ण सभामा सहभागी भएर विचार व्यक्त गरेको आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप र निरंकुश कदम हाे।'
इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ परेका नेतामाथि अनुसन्धान भइरहेको जनाएकाे छ।
प्रतिक्रिया