काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशन हुने जिल्लाहरुमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा छन् ।
केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन मंगलबारै सम्पन्न गर्ने जानकारी दिए । “आज ७ जिल्लाको वडा अधिवेशन हामी सक्छौं,” उनले भने । यसअघि कांग्रेसले ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया