काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
मन्त्रीहरुलाई फिर्ता हुन पाँच दिने म्याद पनि तोकिएको जनाएको छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई फिर्ता बोलाइने छ । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।
प्रतिक्रिया