काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। बङ्गलादेशको दुईदिने राजकीय भ्रमण पुरा गरेर राष्ट्रपति भण्डारी मङ्गलबार अपराह्न स्वदेश फर्किएकी हुन्।
राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बङ्गलादेशकाे भ्रमणमा निस्किएकी थिइन्।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए।
प्रतिक्रिया