काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ–‘ अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’ अदालतले त्यस्ता समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेको छ । साथै न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया