लेटेस्ट न्युज
advertisement1

कम्युनिस्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न एकीकृत समाजवादी निर्माण : माधव नेपाल 

Maryada News 2021-11-13 20:00:33
कम्युनिस्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न एकीकृत समाजवादी निर्माण : माधव नेपाल 

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो बैठक सुरु भएको छ । शनिबार ललितपुरमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्तव्य राखेका थिए ।

आफ्नो सम्बोधनमा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न नेकपा एकीकृत समाजवादी निर्माण गरी अगाडि बढेको बताए । आफूहरुले समृद्ध समाजवादको दिशामा जाने अठोट गरेको बताउँदै अब पार्टी र सरकार यही दिशामा केन्द्रित हुनुपर्ने उनले बताए । 

त्यस्तै, खनालले दक्षिणपन्थी अवसरवादतर्फ पार्टीलाई धकेल्ने, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटकपटक लत्याएकाले पार्टीलाई बपौती बनाएर विधिअनुसार नचलाएकाले आफूहरुले एमालेबाट विद्रोह गरेको बताएका थिए ।

प्रदेश १ मा मुख्यमन्त्री राईले प्रदेश १ सरकार निर्माणको कठिनाइबारे चर्चा गरेका थिए । प्रदेशलाई नमुनायोग्य तरिकाले सञ्चालन गर्ने उनको भनाइ थियो । त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आफ्नो प्रदेशका सबै छात्रालाई पढाउने बताए ।

उनले बेरोजगारलाई मासिक ५० हजार कमाउन सक्ने गरी आयआर्जनसँग सम्बन्धित तालिम दिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्