काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकता जरुरी भएको बताएका छन् । माओवादीबाट फुटेर गएका नेताहरुलाई आत्मसमीक्षा गरेर फेरि नयाँ उचाइको एकताका लागि प्रस्ताव गरेका छन् ।
उनले भने, ‘माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने काम तीव्र रुपमा भइरहेका छन् । त्यसकाविरुद्ध एक हुने उपाय खोज्नु बुद्धिमानी हुन्छ ।
हामी लडाइँ लडेकाहरु जनयुद्धलाई बिद्रुपीकरण र विसर्जित गर्न खोज्नेविरुद्ध एकता गरौं ।’एकताको सुरुवात आत्मसमीक्षाबाट गर्नुपर्ने उनको भनाइ छ ।
आत्मसमीक्षा मार्क्सवादको अवयव रहेको बताउँदै उनले जनयुद्धमा एक भएपनि शान्ति प्रक्रियामा आएपछि संघर्ष गर्नुपरेको बताए । उनले माओको भनाइलाई उद्घृत गर्दै नयाँ आधारमा एकता जरुरी भएको उल्लेख गरे ।
प्रतिक्रिया