लेटेस्ट न्युज
advertisement1

यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

Maryada News 2021-09-18 16:30:36
यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने

काठमाडौँ: प्रदेश २ सरकारले पछिल्ला वर्ष संविधान दिवस मनाएको छैन । मुख्यमन्त्री लालबाबु राउतका अनुसार संविधान दिवस यसपटक पनि नमनाउने बताएका छन् । 

‘संविधान दिवस मनाउने समय अहिले भएको छैन’ उनले भने, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’

दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् ।

संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले  संविधान दिवस नमनाउने भएको छ ।
संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।

संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्