लेटेस्ट न्युज
advertisement1

‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’    

Maryada News 2021-08-13 18:38:06
‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’    

सर्लाही : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।     
     
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।     
     
प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले मिडियाले हल्ला गरे जस्तो एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्