काठमाडौं : नेपाल पत्रकार महासङ्घको २६ औं महाधिवेशनबाट विपुल पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जितेको हो । यद्यपिनिर्वाचन समितिले साँझ ५ बजे महासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएका छन् । त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।
प्रेस युनियन, प्रेस सेन्टरसहित ११ संगठनको प्यानलमा पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो । त्यस्तै, प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलमा निर्मला शर्मा नेतृत्वको समूहले प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया