काठमाडौँ : नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत १०औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।
लोगोमा लोपोन्मुख वन्यजन्तु गैंडालाई पनि ’फिचर’ गरिएको छ । लोगोमा गैंडाले कम्युनिस्ट पार्टीको ९हँसिया हथौडा अंकित० झण्डा बोकेको देखाइएको छ ।
एमालेले मंसिर १०, ११ र १२ गते चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
महाधिवेशनका लागि एमालेले पार्टीका संगठित सदस्यबाट रकम संकलन कार्य समेत भइरहेको बताइएको छ ।
प्रतिक्रिया