काठमाडौं- सर्वोच्चले अदालतले प्रतिनिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि सबैजसो दलका अधिकांश नेताहरुले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका छन्। गत पुस ५ गतेदेखि दुइ समूहमा विभाजित नेकपाको प्रचण्ड–माधव समूहका नेतादेखि अन्य राजनीतिक दलसम्मले सर्वोच्चको पछिल्लो आदेशको स्वागत गरेका हुन्।
सर्वोच्चको आदेश आउनेवित्तिकै भारतमा उपचारारार्थ रहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराईले संसद् पुनःस्थापना भएको प्रति खुसी जनाउँदै सर्वोच्चको फैसला सुखद् भएको प्रतिकृया दिए। फोटोसहित एक ट्विट गर्दै अस्पतालको बेडबाटै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले स्वास्थ्य परीक्षण पर्खँदा पर्खँदै मनचाहिँ देशभित्रको सर्वोच्चको फैसलातिर गएको उल्लेख गरेका छन्।
प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टाराईले संसद पुनःस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उचो राखेको बताएका छन्। नेता भट्टराईले ट्वीट गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णय उल्ट्याउने सर्वोच्च अदालतको फैसलालले जनता र लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएका हुन्।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहस खारेज भएको बताएका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि संसद् पुन:स्थापनाको स्वागत गरेका छन्। सर्वोच्च अदालतले संसद विघटनको मुद्दा बदर गरिदिएपछि मिश्रले ट्विटरमा लेखेका छन्‘–जे हुनुपर्थ्यो, त्यो भयो।
प्रतिक्रिया