कास्कीः गण्डकी प्रदेश सभाका सम्पर्कविहीन सांसद अस्पतालकाे 'आईसीयू'मा फेला परेका छन्। गण्डकी प्रदेश सभामा बुधबार अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका थिए।
सांसद शाही बुधबार दिउँसाे करिब १२ बजे एक्कासी बाेहाेस भएपछि उनलाई अस्पताल भर्ना गरिएकाले सांसद बैठकमा उपस्थित हुन नसकेकाे शाहीका स्वकीय सचिवले स्पष्ट पारेका छन्।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्तावमाथि छलफल चलेकाे बेला एक्कासी सम्पर्कविहीन हुन पुगेका सांसद शाही कुन अस्पतालमा कस्ताे अवस्थामा छन् भन्नेबारे भने खुलाइएकाे छैन। यद्यपि राष्ट्रिय जनमोर्चाको उनीसहित तीन सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेकाे अवस्थामा गुरुङकाे सरकार ढल्ने निश्चित भएकाे थियो।
शाही सम्पर्कविहीन भएपछि प्रदेश सभामा जनमाेर्चाले सभामुख नेत्रनाथ अधिकारीसामु सांसद सम्पर्कविहीन भएकाे पत्र पेश गरेपछि सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु अनुपयुक्त हुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए। प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया