लेटेस्ट न्युज
advertisement1

लैङ्गीक समानता तथा नेतृत्व विकास तालिमले महिला उत्साहित

Maryada News 2021-02-25 20:34:32
लैङ्गीक समानता तथा नेतृत्व विकास तालिमले महिला उत्साहित

ललितपुर : विवेकशील साझा पार्टीले ललितपुर-६ स्थित थैना मिसापुचमा ६० जना महिलालाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । विवेकशील साझा पार्टी ललितपुर र थैनामिसापुचको संयुक्त आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । तालिमको संयोजन विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेश सांसद शोभा शाक्यले गरेकी थिइन् । 

कार्यक्रममा अग्रज प्रशिक्षक शोभा जोशीले महिलाहरुलाई नेतृत्व विकास, समय व्यवस्थापन तथा लैङ्गीक समानता लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् । 

कार्यक्रमको सहजीकरण पार्टीको केन्द्रीय प्रशिक्षण विभाग सदस्य अजित खड्काले गरेका थिए । सहभागीहरुले तालिमबाट जीवनपयोगी र व्यवहारिक ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन् । थैना मिसापुचका अध्यक्ष अनिता बज्राचार्यका अनुसार महिला शसक्तिकरणका अन्य कार्यक्रमहरु पनि चाँडै सञ्चालनमा ल्याइने छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्