लेटेस्ट न्युज
advertisement1

जलाइएका ट्याक्सीका धनीलाई क्षतिपूर्ति दिन्छौं : उपप्रधानमन्त्री पोखरेल

Maryada News 2021-02-05 15:32:08
जलाइएका ट्याक्सीका धनीलाई क्षतिपूर्ति दिन्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले हिजो (बिहीबार) प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्दमा जलाइएको ट्याक्सीका ट्याक्सीधनीलाई क्षतिपूर्ति दिने बताएका छन् । 

ओली समूहले आज आयोजना गरेको आमसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले आन्दोलनका नाममा अराजकता गरेर जनतालाई दुःख दिने प्रवृत्तिको निन्दा गर्ने भन्दै जनताले पाएको दुःखको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । 

उनले भने– ‘नेपाल बन्द गराउने जनविरोधीलाई निन्दा गर्न चाहन्छु । हिजो आन्दोलनको नाममा अराजकता गर्नेलाई दुःख दिए । ट्याक्सीमाथि तोडफोड र आगजानी गरियो । त्यसलाई सरकारले सबै क्षतिपुर्ति दिन्छ ।’

ट्याक्सीका धनीमात्र नभएर प्रचण्ड–माधव समूहको हड्तालका कारण क्षति बेहोर्न पुगेका सम्पूर्णलाई सरकारले क्षतिपूर्ति दिने समेत उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्