लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने, एमालेकाे नेपाल पक्ष छलफलमा

Maryada News 2021-07-18 12:20:56
प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने, एमालेकाे नेपाल पक्ष छलफलमा

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्मा विश्वासकाे मत लिँदै छन्। पुनर्स्थापनापछि बस्न लागेकाे प्रतिनिधि सभाकाे पहिलाे बैठकमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने भएका हुन्।

सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने प्रस्ताव दर्ता भइसकेकाे छ। प्रतिनिधि सभा बैठक आज अपराह्न ४ बजे बस्दैछ। 

सर्वोच्चको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले नियुक्तिकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ।

प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न देउवालाई १ सय ३६ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेस, माओवादी केन्द्र , जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको तर्फबाट १ सय २८ सांसदकाे मात्र हाल स्पष्ट समर्थन देउवालाई रहेकाे छ। 

यता एमालेको नेपाल समूहका २३ सांसदले कतापट्टी मतदान गर्छन् भन्ने बारे हालसम्म टुंगाे लागेकाे छैन। स्राेतका अनुसार नेपाल पक्ष हाल छलफलमा रहेकाे छ।

माधव नेपाल समूहका ८ सांसदले मात्रै विश्वासकाे मतकाे पक्षमा मतदान गरेमा देउवा सरकार जाेगिनेछ। यसअघि नेपाल समूहका २३ सांसदकाे हस्ताक्षरकै बलमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्