लेटेस्ट न्युज
advertisement1

सांसद पद गुमेका चार मन्त्री पुनर्नियुक्त, साँझ ५ बजे शपथ ग्रहण हुने

Maryada News 2021-04-09 16:02:51
सांसद पद गुमेका चार मन्त्री पुनर्नियुक्त, साँझ ५ बजे शपथ ग्रहण हुने

काठमाडाैंः सांसद पद रद्द भएका चार मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार मन्त्रीमा पुनर्नियुक्त गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले चारै जना मन्त्रीलाई साविककै मन्त्रालयकाे जिम्मेवारी दिँदै पुनर्नियुक्ति दिएकी हुन्।

जसअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी पुनर्नियुक्त भएका छन्। 

राजनीतिक दलसम्बन्धी ऐनअनुसार पदमुक्त भएका सांसदकाे स्वतः मन्त्रीपद पनि गुम्ने प्रावधान रहेकाे छ। साेहीअनुसार राष्ट्रपति भण्डारीले मन्त्री पद गुमाएका चार जनालाई पुनर्नियुक्ति दिएकी हुन्। संविधानअनुसार पुनर्नियुक्त भएका मन्त्रीहरू अब आगामी ६ महिनासम्म मन्त्री रहन पाउने छन्। चारै जना मन्त्रीले आजै बेलुकी ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा शपथ लिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्