काठमाडौं : एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । उनले आइतबार एक ट्वीट गर्दै यस्तो बताएकी हुन् ।
उनले सकेसम्म संसद जोगाउन एमालले नै संस्थागत निर्णय गरेर विश्वासको पक्षमा मतदान गर्नुपर्ने बताएकी छन् । यद्यपि अरुले विश्वासको मत नदिए पनि यसअघि सर्वोच्च अदालतमा निवेदन गर्ने २३ जना निवेदककर्ताले भोट हाल्नु कर्तव्य नै रहेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, 'सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।'
प्रनितिधिसभा विघटन रद्ध भएपछि आज पहिलो बैठक बस्दैछ । पहिलो बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेछन् ।
प्रतिक्रिया