लेटेस्ट न्युज
advertisement1

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै

Maryada News 2021-05-19 13:09:13
गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै

कास्कीः गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुने भएकाे छ। दोस्रो पटक प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन्।

नयाँ मन्त्रिमण्डल गठन नभएकाे अवस्थामा यस वर्षकाे नीति तथा कार्यक्रम तथा बजेट निर्माणकाे तालिका प्रभावित हुँदै आएकाे छ। आगामी असार १ गते प्रदेश सभामा बजेट पेश गर्नै पर्ने बाध्यकारी नियम रहेकाले गुरुङले आज अर्थसहितका महत्वपूर्ण मन्त्रालयकाे छिनाेफानाे लगाउने भएका हुन्।

नीति तथा कार्यक्रम र बजेट प्रदेश सभामा पेश गर्दा मन्त्रिपरिषद्मा कम्तिमा दुई जना मन्त्री रहनुपर्ने संवैधानिक व्यवस्थाअनुरुप आज सानाे आकारकाे मन्त्रिमण्डलकाे टुंगाे लगाउने गुरुङकाे तयारी रहेकाे छ। साेमबार मन्त्रिमण्डल गठन बारे उनले आफू निकट नेताहरूसँग परामर्श गरेका थिए। 

आज तत्काललाई भाैतिक विकास मन्त्रालय र अर्थ मन्त्रालयकाे जिम्मेवारी टुंगाे लाग्ने बताइएकाे छ। भाैतिक विकासमा रमशरण बस्नेत तथा अर्थमा किरण गुरुङलाई जिम्मेवारी दिइन सक्ने उच्च सम्भावन रहेकाे छ। यसअघि पनि यी मन्त्रालयकाे जिम्मेवारी यीनै सांसदहरूलाई दिइएकाे थियाे।

गत वैशाख २९ मा मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्