लेटेस्ट न्युज
advertisement1

अध्यादेश आउन लागेपछि ओली समूह आन्तरिक छलफलमा

Maryada News 2021-08-16 20:57:23
अध्यादेश आउन लागेपछि ओली समूह आन्तरिक छलफलमा

काठमाडौैं : सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चासँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा खैलबैला मच्चिएको छ ।  अध्यक्ष ओली निकट शिर्ष नेताहरु बालकोटमा पुगेर रणनीतिक छलफलमा जुटेका छन् । 

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेपछि  दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आँकलन गर्दै ओली समूह आन्तरिक छलफलमा जुटेको हो ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश आउन लागेको निष्कर्षसहित ओली समूहका नेताहरु छलफलमा जुटेको एक नेताले बताए । ओली र नेपाल पक्षबीच यसअघि १० बुँदे सहमति भएपनि कार्यान्वयनमा दुवै पक्षले चासो देखाएका छैनन् । 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्