लेटेस्ट न्युज
advertisement1

संविधानविद् आचार्य भन्छन् : सर्वोच्चको आदेशपछि अघि बढ्न समस्या छैन

Maryada News 2021-02-24 11:25:39
संविधानविद् आचार्य भन्छन् : सर्वोच्चको आदेशपछि अघि बढ्न समस्या छैन

काठमाडौं - संविधानविद् डा.भिमार्जुन आचार्यले सर्वोच्च अदालतले न्यायालय स्वतन्त्र र सक्षम छ भन्ने फेरी एक पटक प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्। ‘मलाई सर्वोच्च अदालतले संविधान र न्यायालयको पवित्रतालाई रक्षा गरेको जस्तो लाग्छ।’ मर्यादा न्यूजसंग कुरा गर्दै उनले भने ‘संवैधानिक सर्वोच्चता नै यो मुलुक र संविधानवादको महत्वपुर्ण कुरा हो र यसलाई सबैले मान्नुपर्छ, राज्यका जुनसुकै व्यक्ती÷निकायहरु संविधानभन्दा माथि छैनन् भन्ने सन्देश दिएको देखिन्छ।’  

जनताको प्रतिनिधिको थलो प्रतिनिधिसभा (संसद)प्रति सरकार जवाफदेही हुनुपर्छ भन्ने पनि सर्वोच्चको पछिल्लो आदेशले प्रष्ट पारेको उनको भनाई छ।उनले थपे, ‘समष्टिमा कानून र संविधान नै लोकतन्त्रको मूल आधार हो भन्ने कुरा नै सर्वोच्च अदालतको फैसलालले फेरि एकपटक स्थापित गरेको छ र यसलाई म उच्च सम्मान गर्न चाहन्छु।’ 

संविधानविद् डा.आचार्यले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि अब अगाडि बढ्न कुनै अलमल नभएको पनि बताए। ‘अदालतले संसद अधिवेसनबारे केहि नबोलेको भए के गर्ने भन्ने अलमल हुनसक्थ्यो, अहिले त अदालतले नै केहिदिनभित्रै संसद अधिवेसन बोलाउने मिति तोकिदिएको छ।’ उनले भनेका छन् ‘अब अदालतले भनेअनुसार राष्ट्रपतिले संसद आह्वान गर्नुपर्नेछ,  त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत सामाना गर्नुपर्ने अवस्था आउन सक्छ, यदी उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) ले विश्वासको मत लिन सक्नुभएन भने अर्को सरकार गठनको प्रकृया सुरु हुन्छ र मुलुक अर्को तरिकाले अगाडी वढ्ने सम्भावना हुन्छ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्