लेटेस्ट न्युज
advertisement1

सत्ता गठबन्धन बैठक : देउवाले मागे मन्त्रीको नाम 

Maryada News 2021-09-10 15:05:11
सत्ता गठबन्धन बैठक : देउवाले मागे मन्त्रीको नाम 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नामावली मागेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमा देउवाले मन्त्रीको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले जानकारी दिइन् ।

“मन्त्रिपरिषद् छिट्टै विस्तार गर्नुपर्यो । मन्त्रीको नाम दिनुभयो भने छिट्टै गर्नसकिने कुरा प्रधानमन्त्रीले राख्नुभयो । अरु दलका नेताहरुले पनि मन्त्रिपरिषद् बिस्तार छिट्टै गर्नुपर्नेमा एकमत राख्नुभयो,” उनले भनिन् ।

पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति पनि बैठकमा भएको छ । त्यस्तै संसद्मा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भएको उनले बताइन् ।

बिहान करिब १ घण्टा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद् दुर्गा पौडेल सहभागी थिए ।

सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने पौडेलले जानकारी दिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्