सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। प्रदेश सभामा आज शुक्रबार उनीविरुद्धकाे अविश्वासकाे प्रस्ताव पारित नभएपछि प्रदेश सरकारमाथि आइपरेकाे संकट तत्काललाई टरेकाे हाे।
प्रदेश सभामा रहेका नेकपा (एमाले)का २० मध्ये चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हाे। शुक्रबारकाे प्रदेश सभामा विश्वसाकाे मतका लागि शाहीलाई ३९ मध्ये २० मत आवश्यक थियो। सम्पूर्ण दलकाे समर्थन पाए पनि उनकाे सरकार नजाेगिने अवस्थामा रहेकाे बेला एमालेकाे माधवकुमार नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीविरुद्धकाे अविश्वासको प्रस्ताव असफल भएकाे हाे।
सभामुखसहित एमालेका २०, माओवादी केन्द्रका १२ र कांग्रेसका ६ र राप्रपाका एक गरी ३९ सांसद रहेकाे कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीलाई कांग्रेसका ६ र एमालेकाे नेपाल समूहका चार सांसदले साथ दिएपछि अविश्वासको प्रस्ताव फेल भएको हो।
प्रतिक्रिया