काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाएकोमा आफू स्तब्ध भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् मुगु, अछाम, कास्कीलगायतका स्थानमा सवारी दुर्घटनामा परि निधन भएकाप्रति मर्माहत भएको बताउदै मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छन् ।
प्रतिक्रिया