काठमाडौँ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्म संविधान संशोधनको माग नछोड्ने बताएका छन् । वीरगञ्ज घण्टाघरस्थित शहीद पार्कका ०६२–६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गर्न पुगेका उनले सो कुरा बताएका हुन् ।
संविधान मार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको समेत उनले बताए । मुख्यमन्त्रि रावतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्म संघर्ष जारी रहने बताए ।
‘सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो संघर्ष जारी रहन्छ ।’ उनले भने ‘ बाँकी अधिकारका लागि पार्टीले आन्दोलनमा नै छ ।’
उनले प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए । यस्तै सांसद प्रदीप यादवले पनि शहीदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए ।
असोज ३ गते संविधान जारी भएका दिन वीरगञ्जमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।
प्रतिक्रिया