लेटेस्ट न्युज
advertisement1

प्रचण्ड-माधव समूहले आयाेगमा पेश गर्याे दलकाे आधिकारिकता

Maryada News 2021-02-02 14:11:15
प्रचण्ड-माधव समूहले आयाेगमा पेश गर्याे दलकाे आधिकारिकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार निर्वाचन आयोग पुगेर दल र चुनाव चिह्नकाे आधिकारिकता दाबी पेस गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल एवं साे समूहका अन्य नेता आयोग पुगि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूहरूकाे दाबी पेस गरेका हुन् ।

आयाेगमा पत्रकारहरूसँग बाेल्दै वरिष्ठ नेता खनालले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको करिब ७० प्रतिशत सदस्य आफ्नाे समूहमा रहेको भन्दै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।

वरिष्ठ नेता खनाल भन्छन्- ‘पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो । दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन। बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्