सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी९एमाले० संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् । पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्
। संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा तारा लामा तामाङ थिए । साबिकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा उक्त दलको सचेतकमा तत्कालीन नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल थिए ।
प्रतिक्रिया