काठमाडौं: आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट संशोधन गरेको हो ।
गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख विपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ । गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
शुक्रबारको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया