काठमाडौँ : मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैँ सास फेर्न थालेका छन् । नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको छ ।
जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेको छन् । ‘यो भनेको अनपेक्षित सुधार हो ’ डा. झाले भने,'। सोमबार बिहानदेखि उनलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो ।
सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् ।
प्रतिक्रिया