लेटेस्ट न्युज
advertisement1

विप्लवका दाजु वीरजंग धरौटी बुझाएर थुनामुक्त

Maryada News 2021-04-30 19:51:53
विप्लवका दाजु वीरजंग धरौटी बुझाएर थुनामुक्त

चितवन : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम)को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भने ।     
     
पहिला रु. २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्