काठमाडौं : साउदी अरबका लागि निवर्तमान नेपाली राजदुत महेन्द्र प्रसाद सिंहको ४ वर्षे कार्यकाल पूरा भएको छ । कार्यकाल पुरा भएसँगै निवर्तमान राजदुत सिंहले आफ्नो कार्यकाल सफल र उपलब्धीमुलक रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्दै साउदी नेपाल मैत्रीपूर्ण सम्बन्धमा उल्लेखनीय प्रगति भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकालमा भुईँचालोपछिको पुनर्निर्माणका लागि साउदी सरकारबाट ३ अर्ब ३० करोडभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको पनि बताएका छन् । यस्तै नेपाली राजदुतावासका लागि जग्गा खरिद प्रक्रिया समेत अन्तिम चरणमा रहेका जनाएका छन् ।
प्रतिक्रिया