काठमाडाैंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक शनिवार बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस नेताहरूले बताएका छन्।
शुक्रबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै दुई चरणमा चुनावकाे मिति घाेषणा गरेकी थिइन्। लगत्तै मध्यराति नै कांग्रेससहित अन्य दलका नेताहरूले सामाजिक सञ्जालमा साे निर्णयकाे चर्काे विराेध गरेका थिए।
साेही विषयमा छलफल गरी रणनीति अख्तियार गर्न कांग्रेसकाे आकस्मिक बैठक बाेलाइएकाे हाे। पदाधिकारी बैठक लगत्तै देउवाले माओवादी केन्द्र, माधव नेपाल समूह र उपेन्द्र यादव समूहका नेताहरूसँग पनि छलफल गर्ने बताइएकाे छ।
प्रतिक्रिया