लेटेस्ट न्युज
advertisement1

दल फेर्दै मन्त्री बनेका आङ्बुहाङकाे सांसद पद खारेज, पार्टीबाट पनि निष्कासित

Maryada News 2021-04-05 12:47:11
दल फेर्दै मन्त्री बनेका आङ्बुहाङकाे सांसद पद खारेज, पार्टीबाट पनि निष्कासित

बिराटनगरः माओवादी केन्द्रले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङकाे सांसद पद खारेज गरेकाे छ। प्रदेश १ काे संसदीय दलको नेतासमेत रहेका आङबुहाङ माओवादी केन्द्र छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेपछि माओवादी केन्द्रले उनलाई सांसदबाट हटाएको हो।

माओवादी केन्द्रले आजै प्रदेशसभालाई आङबुहाङलाई सांसदबाट हटाएको जानकारी दिने बताएकाे छ।

आङ्बुहाङलाई गत चैत १७ गते माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण पनि सोधेको थियो। तर उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले आज पदमुक्त गर्ने निर्णय गरेको हो। आङ्बुहाङले अब गैर सांसदले पाउने प्रावधानअनुसार ६ महिनामात्र मन्त्री बन्न पाउनेछन्।

उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए। उनी ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्। सांसद पदसँगै माओवादी केन्द्रले उनलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्