लेटेस्ट न्युज
advertisement1

पार्टी औपचारिक रुपमा विभाजन भएसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Maryada News 2021-08-26 11:10:51
पार्टी औपचारिक रुपमा विभाजन भएसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ ।  पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

आजको बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा  स्थानीय अधिवेशन  र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिको कारबाही अगाडि बढाउने रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्